प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन « Khabarhub

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

संवैधानिक परिषद्‍द्वारा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकिएसँगै नाम सर्वसम्मत अनुमोदन भएको हो।

यससँगै अब मंगलबार नै शर्माले नयँ प्रन्याको नियुक्ति लिएर शपथसमेत लिनेछन् । बुधबारदेखि उनै नयाँ प्रधानन्यायाधीशले दैनिक इजलास र पेशी तोक्नेछन्।

शर्मा मंगलबार संसदीय सुनुवाइ समितिमा उपस्थित भएर आफूविरुद्ध परेका १६ उजुरीको जवाफ दिएका थिए ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो ।

त्यसपछि उनी आफूविरुद्धका उजुरीको जवाफ दिन संसदीय समितिमा उपस्थित भए । सबै प्रश्नको जवाफ दिएसँगै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको जोडबलमा शर्मा फास्ट ट्रयाकबाट प्रन्या पक्का भएका हुन् ।

शर्माविरुद्धका संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका थिए । उजुरी वितरणपछि मंगलबार नै समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।

वरिष्ठतामा चौथोक्रमका उनलाई प्रधानमन्त्री वालेन्द्र शाहको जोडबलमा प्रन्या बनाउन लागिएको हो । प्रम शाहले शर्मा मुद्दा छिनोफानोमा अब्बल रहेको तर्क संवैधानिक परिषद् बैठकमा गरेका थिए ।

सोमबार मात्रै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले शर्माविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिँदा सर्वोच्च प्रशासनाक मुख्य रजिष्ट्रारसहित कर्मचारी भागेर हिँडेका थिए । यो विवादबीच शर्माले अब सर्वोच्चको बागडोर सम्हाल्न लागेका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ४ : ०० बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली