एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार « Khabarhub

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो सम्भव हुँदा डा. मनोजकुमार शर्माले प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका छन्।

मंगलबार सिंहदरबारमा १६ वटा उजुरीमाथि जवाफ दिएका शर्मा संसदीय सुनुवाइबाट सर्वसम्मतले अनुमोदित भएका थिए। संसदीय सुनुवाइको औपचारिकता पूरा भएपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाए ।

त्यसपछि उनी त्यहाँबाट सिधै राम शाहपथ हानिए । जहाँ उनलाई मुख्य रजिष्ट्रार बिमल पौडेलसहितका कर्मचारी व्यग्रताका साथ कुरेर बसेका थिए ।

शर्माले शीतल निवासमा शपथ लिइनसक्दै राति ७ बजेर ७ मिनेटमा कर्मचारीले सर्वोच्चको वेबसाइटमा उनको नाम र तस्बिर अंकित गर्न भ्याए ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच शपथ लिएपछि उनले सर्वोच्च परिसर पुगेर मंगलबार नै राति कार्यालय समय सकिएपछिको अवस्थामा पनि पदभार ग्रहण गरेका छन्।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै मंगलबार नै राष्ट्रपति पौडेलले उनलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ मा नवनियुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने व्यवस्था रहेको छ । यससँगै शर्माभन्दा वरिष्ठ सपना प्रधान मल्ल पनि कायममुकायम प्रधान्यायाधीशबाट बिदा भएकी छन् । अब उनी राजीनामा नदिएको अवस्थामा सर्वोच्चमा वरिष्ठ न्यायाधीशका रुपमा रहनेछिन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ७ : ४७ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग