जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च « Khabarhub

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

‘हामीले भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएको आधारमा जेन-जी घाइतेको वर्गीकरण गरेका छौँ,’ उनले भने, ‘सोही अनुसार गृहमन्त्रालयले घाइतेको उपचार खर्चका लागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ ।’

उनका अनुसार सरकारले जेन-जी प्रदर्शनका क्रममा अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार-नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्य घाइतेलाई मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराउने उल्लेख छ । 

यसैगरी, जेन-जीका सबै घाइतेलाई भने एकमुष्ट ३५ हजार प्रदान गरिएको उनले बताए। 

    पाँच सय ३९ घाइतेको वर्गीकरण

यसैगरी, जेन-जी आन्दोलनमा भएका घाइतेलाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ । गृहमन्त्रालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा ती घाइतेको वर्गीकरण गरिएको हो । 

घाइते भएकामध्ये ५३९ जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले पाँच पटक गरी ती सबै घाइतेको वर्गीकरणको काम सकिएको बताए। उनका अनुसार अति गम्भीर घाइते २९, गम्भीर घाइते १३०, मध्यम घाइते ८५ र सामान्य घाइते २९५ जना रहेका छन् । 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ०० बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को