रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने « Khabarhub

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्।

शाह रास्वपाको वरिष्ठ नेताका रूपमा महाधिवेशनमा उपस्थित हुने र सोही जिम्मेवारीमा कायम रहने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाह महाधिवेशनको उद्‌घाटन सत्रमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ। उद्घाटनपछि कति समयसम्म महाधिवेशनस्थलमा रहने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।

‘वरिष्ठ नेताज्यू उद्‌घाटन सत्रमा सहभागी हुनुहुन्छ। त्यसपछि कति समय बस्नुहुन्छ भन्ने निश्चित भइसकेको छैन। उद्‌घाटन सत्रमा सहभागी भएर फर्किने कार्यसूची देखिएको छ,’ सचिवालयले जनाएको छ।

महाधिवेशनका क्रममा शाहले सम्बोधन गर्ने विषयमा पनि अन्तिम निर्णय नभए पनि उनले बोल्ने सम्भावना रहेको सचिवालयको भनाइ छ।

चितवनमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने रास्वपाको प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : १६ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा