लोप हुँदै थारु समुदायको ‘ढकिया’ « Khabarhub

लोप हुँदै थारु समुदायको ‘ढकिया’


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । 

नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताए। 

‘ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो दिनुपर्छ’, उनले भने, ‘त्यसका लागि स्थानीयर तह तथा सरोकार भएका निकायले सीपमूलक तालिम दिन आवश्यक छ ।’

थारु समुदायले पूजाआजासहित विभिन्न शुभकार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ । थारु अगुवा रुपलाल चौधरीका अनुसार कुनै औपाचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ । ‘ढकियाले थारुको पहिचान झल्काउँछ’, उनले भने।  

दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारु समुदायले ढकिया बुन्न छोडेको रुपलालको भनाइ छ । उनले ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्ने बताए। 

‘दाङ थारुहरुको बाहुल्यता भएको जिल्ला हो’, उनले भने, ‘त्यसैले प्रदेश तथा स्थानीय सरकारले पहल लिएर ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्छ ।’ वनमा पाइने काँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ ।

ढकिया निर्माणसम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरणलगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरोकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढाउनुपर्नेमा रुपलालले जोड दिए । 

युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ५५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर