लोप हुँदै थारु समुदायको ‘ढकिया’ « Khabarhub

लोप हुँदै थारु समुदायको ‘ढकिया’


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । 

नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताए। 

‘ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो दिनुपर्छ’, उनले भने, ‘त्यसका लागि स्थानीयर तह तथा सरोकार भएका निकायले सीपमूलक तालिम दिन आवश्यक छ ।’

थारु समुदायले पूजाआजासहित विभिन्न शुभकार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ । थारु अगुवा रुपलाल चौधरीका अनुसार कुनै औपाचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ । ‘ढकियाले थारुको पहिचान झल्काउँछ’, उनले भने।  

दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारु समुदायले ढकिया बुन्न छोडेको रुपलालको भनाइ छ । उनले ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्ने बताए। 

‘दाङ थारुहरुको बाहुल्यता भएको जिल्ला हो’, उनले भने, ‘त्यसैले प्रदेश तथा स्थानीय सरकारले पहल लिएर ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्छ ।’ वनमा पाइने काँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ ।

ढकिया निर्माणसम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरणलगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरोकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढाउनुपर्नेमा रुपलालले जोड दिए । 

युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ५५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ