मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत « Khabarhub

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । 

प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ ३६ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिए । 

चालु आवका लागि प्रदेश सरकारले रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । जसमध्ये जेठसम्म नौ अर्ब ९८ करोड ५५ हजार मात्रै खर्च भएको छ ।

बिनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले ६९ दशमलव ६५ प्रतिशत, मुख्यन्यायाधिवक्ताको कार्यालयले ४९ दशमलव ७२ प्रतिशत, अर्थ मन्त्रालयले ४७ दशमलव २८ प्रतिशत, प्रदेशसभा सचिवालयले ४५ दशमलव १७ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ३९ दशमलव ८२ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ३५ दशमलव ३९ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम खेलकुद तथा समाज कल्याण मन्त्रालयले पाँच दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । 

गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, पटक–पटक सरकार परिवर्तन भएकोजस्ता कारणले बजेट कार्यान्वयन कमजोर भएका मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले बताए। उनले चालु आवको अन्त्यसम्ममा बजेट खर्च ५० प्रतिशतभन्दा बढी हुने अर्थमन्त्री भट्टराईको विश्वास छ । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ०९ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा