विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू  « Khabarhub

विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्ने विदेशी नागरिक  तथा आम सर्वसाधारणलाई भिसासम्बन्धी कानुनको पालना गर्न र अनधिकृत व्यक्ति तथा दलालहरूको प्रलोभनबाट जोगिन अध्यागमन विभागले आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्ला वर्षहरूमा नेपाल आउने विदेशी पर्यटकमध्ये धेरैले व्यवसाय, अध्ययन तथा रोजगारीसम्बन्धी दीर्घकालीन भिसा लिएर नेपालमा बसोबास तथा व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गरेको छ। 

विभागले कानुनी रूपमा नेपालमा बस्ने विदेशी नागरिकको सुरक्षा, लगानी तथा हित संरक्षणमा आफू प्रतिबद्ध रहेको जनाएको छ।

अध्ययन भिसा, गैर-पर्यटन (सम्बन्ध/विवाह) भिसा तथा व्यवसायिक भिसासम्बन्धी केही घटनाको अनुसन्धानका क्रममा अनधिकृत मध्यस्थकर्ताले नक्कली कागजात तयार गरी भिसाको अवधि अवैध रूपमा लम्ब्याउने, सरकारले तोकेको शुल्कभन्दा अत्यधिक रकम असुल्ने तथा विदेशी नागरिकलाई गलत जानकारी दिएर कानुनी समस्यामा पार्ने गरेको पाइएको विभागले जनाएको छ।

विभागका अनुसार हरेक वर्ष जुन महिनादेखि यस्ता गतिविधि बढ्ने गरेका छन्। विशेषगरी पर्यटक भिसामा एक क्यालेन्डर वर्षभित्र पाइने अधिकतम १५० दिनको बसाइ अवधि सकिन लाग्दा दलालहरूको सक्रियता बढ्ने गरेको विभागको भनाइ छ।

अध्यागमन विभागले हाल भिसा सेवा प्रणालीलाई पूर्ण रूपमा अनलाइन, स्वचालित तथा ‘डिजिटल टाइम कार्ड’ प्रणालीमा आधारित बनाएको उल्लेख गर्दै भिसा प्रक्रियाका लागि तेस्रो पक्ष वा एजेन्टको आवश्यकता नरहेको स्पष्ट पारेको छ। 

विभागले भिसा नवीकरण वा भिसाको श्रेणी परिवर्तनसम्बन्धी जानकारी तथा सेवा प्रत्यक्ष सरकारी निकायबाट मात्रै लिन विदेशी नागरिकलाई आग्रह गरेको छ।

विभागका अनुसार दीर्घकालीन बसाइका लागि भिसा विस्तार वा रूपान्तरणसम्बन्धी जानकारी अध्यागमन विभाग, सम्बन्धित मन्त्रालय, नेपाल पर्यटन बोर्ड, वन-स्टप सेवा केन्द्र वा पर्यटक प्रहरीमार्फत मात्रै लिनुपर्नेछ।

अनधिकृत एजेन्ट वा दलालको संलग्नतामा भिसा प्रक्रिया अघि बढाउने वा अध्यागमन नियम उल्लंघन गर्ने विदेशी नागरिकमाथि प्रचलित अध्यागमन ऐन तथा नियमावलीअनुसार कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १२ : ४२ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२