रास्वपा केन्द्रीय कमिटी बैठक शनिबार बस्दै, विधान पारित गर्ने « Khabarhub

रास्वपा केन्द्रीय कमिटी बैठक शनिबार बस्दै, विधान पारित गर्ने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने भएको छ। नेताहरूका अनुसार शनिबार बिहान चितवन पुगेरै बैठक सुरु गरिने छ।

महाधिवेशन अगाडि अन्तिमपटक केन्द्रीय कमिटी बैठक बसेर नयाँ विधान पारित गर्ने तयारी गरिएको छ। केन्द्रीय कमिटी बैठकमा यो पटक सबै नेताहरूलाई उपस्थित गराउने हिसाबले बस्न लागेको बताइन्छ।

त्यसकारण छिटफुट बाहेक केही नेता उपस्थित नहुने केन्द्रीय कमिटी बैठकमा भर्चुअल माध्यम र फिजिकल दुवैमा नेताहरू उपस्थित हुनेछन् ।

‘अन्तिमपटक केन्द्रीय कमिटी बैठक बस्न लागे नै भएकाले फिजिकल रूपमै बस्ने तयारी गरेका छौं चितवनमै बस्ने योजना छ। केही साथीहरू भर्चुअल माध्यमबाट पनि जोडिनुहोला।’ पार्टी सचिवालय सदस्य प्रदीपचन्द्र परियारले भने, ‘बिहान बस्ने कि बेलुका अथवा दिउँसो बस्ने भन्ने विषय टुङ्गो लागेको छैन।’

यसपटकको सचिवालय बैठकले चौथोपटक संशोधन भएको विधान पारित गर्ने तयारी गरेको छ। पार्टीको विधानमा १५८ केन्द्रीय सदस्य जसमा १५१ निर्वाचित र ७ जना सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। 

त्यस्तै सचिवालयको आकार पनि २८ देखि ३० जनासम्म हुने तयारी गरिएको छ। पार्टीको पदाधिकारीमा १८ देखि १९ जना बनाउने छलफल चलिरहेको छ। 

चार वर्ष पछाडि हुन लागेको पहिलो महाधिवेशनमा हालका प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सोझै वरिष्ठ नेतामा मनोनित हुनेछन्। उनले केन्द्रीय सदस्यका लागि निर्वाचन समेत फेस गर्नु नपर्ने गरीको तयारी भइरहेको बताइन्छ।

पार्टीको पहिलो महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विकल्प निर्वाचित हुने अवस्था रहेको नेताहरू बताउँछन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १२ : ५० बजे

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको