रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन  « Khabarhub

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै छ । उद्घाटन सत्रमा प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित हुनेछन् । 

उद्घाटन सत्रमा उपस्थित भएका वरिष्ठ नेता शाहले सम्बोधन गर्ने कार्यसूची छ। यस्तै पार्टीका सभापति रवि लामिछानेले पनि उद्घाटन सत्रमा आफ्नो सम्बोधन गर्नेछन् ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि दुवैले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको आयोजकले जनाएको छ। 

प्रधानमन्त्री बालेन र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुँदैनन् भन्ने हल्ला फैले पनि सचिवालय उपस्थित भएर सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा वरिष्ठ नेतामा स्वतः बालेन्द्र शाह मनोनीत हुनेछन् । 

पार्टी सभापतिमा कुनै नेताहरूले उम्मेदवारी दिने अवस्था नरहेपछि सभापति रवि लामिछाने नै दोहोरिने अवस्था छ ।

१९ पदाधिकारीमा पनि पार्टीले सर्व सहमतिको प्रक्रिया गर्न लागेको देखिन्छ। १५८ केन्द्रीय सदस्य बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ जना सभापतिलाई मनोनीत गर्न दिनेछ । सात प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य हुनेछन्।

सबै परिस्थिति नियाल्दा १०० जना केन्द्रीय सदस्यका लागि मात्रै पार्टीमा निर्वाचन हुने अवस्था देखिन्छ । 

आयोजकका अनुसार चितवनमा महाधिवेशनका लागि अन्तिम तयारी भइरहेको छ। उद्घाटन सत्रमा मुख्य दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा दिएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ३९ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र