रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन  « Khabarhub

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै छ । उद्घाटन सत्रमा प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित हुनेछन् । 

उद्घाटन सत्रमा उपस्थित भएका वरिष्ठ नेता शाहले सम्बोधन गर्ने कार्यसूची छ। यस्तै पार्टीका सभापति रवि लामिछानेले पनि उद्घाटन सत्रमा आफ्नो सम्बोधन गर्नेछन् ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि दुवैले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको आयोजकले जनाएको छ। 

प्रधानमन्त्री बालेन र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुँदैनन् भन्ने हल्ला फैले पनि सचिवालय उपस्थित भएर सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा वरिष्ठ नेतामा स्वतः बालेन्द्र शाह मनोनीत हुनेछन् । 

पार्टी सभापतिमा कुनै नेताहरूले उम्मेदवारी दिने अवस्था नरहेपछि सभापति रवि लामिछाने नै दोहोरिने अवस्था छ ।

१९ पदाधिकारीमा पनि पार्टीले सर्व सहमतिको प्रक्रिया गर्न लागेको देखिन्छ। १५८ केन्द्रीय सदस्य बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ जना सभापतिलाई मनोनीत गर्न दिनेछ । सात प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य हुनेछन्।

सबै परिस्थिति नियाल्दा १०० जना केन्द्रीय सदस्यका लागि मात्रै पार्टीमा निर्वाचन हुने अवस्था देखिन्छ । 

आयोजकका अनुसार चितवनमा महाधिवेशनका लागि अन्तिम तयारी भइरहेको छ। उद्घाटन सत्रमा मुख्य दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा दिएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ३९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर