बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द « Khabarhub

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । 

चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिएपछि सर्वसाधारण दर्शकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चिडियाखाना बन्द गरिएको हो ।

सदर चिडियाखानाले जारी गरेको सूचनाअनुसार आज मिति २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द रहनेछ। संक्रमणको जोखिमलाई नियन्त्रण गर्न तथा थप फैलिन नदिन यो निर्णय गरिएको जनाइएको छ ।

चिडियाखाना प्रशासनले दर्शक तथा सर्वसाधारणलाई यस अवधिमा चिडियाखाना भ्रमण नगर्न आग्रह गरेको छ । साथै, चिडियाखाना बन्द हुँदा दर्शकमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ ।

जावलाखेलस्थित सदर चिडियाखाना राजधानी उपत्यकाको प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा परिचित छ । बर्ड फ्लु संक्रमण देखिएपछि सम्बन्धित निकायले आवश्यक स्वास्थ्य तथा जैविक सुरक्षा उपायहरू अवलम्बन गरिरहेको जनाएको छ ।

चिडियाखाना पुनः सञ्चालनबारे थप निर्णय संक्रमणको अवस्था तथा प्राविधिक मूल्याङ्कनपछि गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ०१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ