बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द « Khabarhub

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । 

चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिएपछि सर्वसाधारण दर्शकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चिडियाखाना बन्द गरिएको हो ।

सदर चिडियाखानाले जारी गरेको सूचनाअनुसार आज मिति २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द रहनेछ। संक्रमणको जोखिमलाई नियन्त्रण गर्न तथा थप फैलिन नदिन यो निर्णय गरिएको जनाइएको छ ।

चिडियाखाना प्रशासनले दर्शक तथा सर्वसाधारणलाई यस अवधिमा चिडियाखाना भ्रमण नगर्न आग्रह गरेको छ । साथै, चिडियाखाना बन्द हुँदा दर्शकमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ ।

जावलाखेलस्थित सदर चिडियाखाना राजधानी उपत्यकाको प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा परिचित छ । बर्ड फ्लु संक्रमण देखिएपछि सम्बन्धित निकायले आवश्यक स्वास्थ्य तथा जैविक सुरक्षा उपायहरू अवलम्बन गरिरहेको जनाएको छ ।

चिडियाखाना पुनः सञ्चालनबारे थप निर्णय संक्रमणको अवस्था तथा प्राविधिक मूल्याङ्कनपछि गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ०१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर