यसै महाधिवेशनबाट रास्वपाको विधानमा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था समेटिने « Khabarhub

यसै महाधिवेशनबाट रास्वपाको विधानमा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था समेटिने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नयाँ विधान आउन लागेको छ। नयाँ विधानमा विशेष महाधिवेशनको व्यवस्था गर्न लागिएको प्रस्ताव अगाडि छ।

शनिबार केन्द्रीय कमिटीले पारित गर्न लागेको नयाँ विधानमा कुनै परिस्थिति सिर्जना भएमा विशेष महाधिवेशन गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

विधानमा काम गरिरहेका नेताहरूका अनुसार धारा ८९ मा विशेष महाधिवेशनको व्यवस्था गर्न लागिएको हो।

‘पार्टीको राजनीतिक जीवनमा कुनै गम्भीर वा असाधारण परिस्थिति उत्पन्न भई तत्काल वैचारिक, नीतिगत वा सांगठनिक नेतृत्व परिवर्तनसमेत निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न सकिने छ’, यस अघिको विधानमा विशेष महाधिवेशन र अर्ली महाधिवेशनको व्यवस्था स्पष्ट लेखिएको थिएन।

नयाँ विधान अनुसार बहुमत सदस्यले कुनै परिस्थिति आएमा विशेष महाधिवेशन आह्वान गर्न सक्ने समेत स्पष्ट लेखिन लागेको हो।

सम्पूर्ण निर्णय गर्ने अन्तिम अधिकार केन्द्रीय कमिटीलाई दिइने समेत विधानमा स्पष्ट उल्लेख हुन लागेको छ।

विशेष महाधिवेशन गर्न पार्टी महाधिवेशन भएको करिब एक वर्ष अथवा छ महिना पुगेको हुनुपर्ने बाध्यकारी बन्दै समेत लगाइएको नेताहरूको दाबी छ।

पार्टीको विधान थपगट भइरहेकाले अहिले नै एकिङ भन्न नसकिने अवस्था रहेको ती नेताले बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : २१ बजे

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु