नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस् « Khabarhub

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका केही नेताहरूलाई सुझाव दिएका छन् । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको भन्दै प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीभित्रका नेताहरूलाई सुझाव दिएका हुन् ।

प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता र समावेशिताको निम्ति लडेका स्थापित पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढाइराखेको उनले बताए । 

प्रचण्डले जानेर वा नजानेर पार्टीभित्रकै केही नेताहरूले निराशा बढ्ने काम गरेको आरोप लगाए । त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र कार्यशैली सबै गरिब, मजदुर, किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको बताए ।

सरकारको श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी र जनताका मौलिक अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध सबै मोर्चाबाट आवाज उठाउने उनले बताए । सदस्यता नवीकरणको सुरुवातसँगै यसले पार्टीलाई अझै व्यवस्थित बनाउन योगदान गर्ने विश्वास लिएको समेत प्रचण्डले बताए । 

त्यस्तै नेकपाका सह–संयोजक माधव कुमार नेपालले जनतालाई केन्द्रबिन्दुमा राखेर सामाजिक, आर्थिक रूपान्तरणको एजेन्डासहित पार्टी अघि बढ्ने धारणा राखे । 

पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता अनुसार प्रशिक्षण दिएर पार्टीको नीति स्पष्ट रुपमा जनतामाझ लान सक्ने गरी तयारी गरिने उनको भनाइ छ ।

नेकपाले आगामी दुई महिना डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरणलाई अभियानकै रुपमा अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ५३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी