चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना « Khabarhub

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताएका छन् ।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८३’ मा उनले कुनै राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गरे । 

‘चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त गरिरहेको हुन्छ, समाजको मनोविज्ञानलाई उजागर गरिरहेको हुन्छ र भविष्यको एउटा सम्भावित कल्पना पनि गरिरहेको हुन्छ,’ सञ्चारमन्त्री तिमिल्सिनाले भने ।

उनले कलाकारहरू समाजकै सदस्य भए पनि सामान्य मानिसभन्दा बढी संवेदनशील दृष्टि भएका व्यक्तित्व भएको उल्लेख गर्दै कला र सिर्जनाले विभाजित समाजलाई मानवीय सम्बन्ध, सहअस्तित्व र संवेदनाको पाठ सिकाउने बताए ।

कलाकारलाई सम्मान गर्नु भनेको व्यक्तिलाई मात्र नभई समाजको सृजनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उनको भनाइ थियो ।

जीवनभर चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्दा आफूहरूले कलाकारलाई नभई आफ्नै समाज र संस्कृतिलाई सम्मान गरेको अनुभूति भएको  उनले बताए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले कठिन परिस्थितिका बाबजुद नेपाली चलचित्र उद्योगले निरन्तर प्रगति गरिरहेको उल्लेख गरे । पुराना पुस्ताका चलचित्रकर्मीको अथक परिश्रमकै कारण नेपाली चलचित्र आजको अवस्थामा आइपुगेको उनले स्मरण गरे । 

उनले नेपाली चलचित्र क्षेत्रको अपेक्षाअनुसार समयसापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे । 

‘नयाँ चलचित्र ऐन समयसापेक्ष, व्यावहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्छ । चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध छ, र म आज पुनः यही प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु,’ उनले भने ।

चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रकर्मीहरूसँग निरन्तर संवाद र छलफल गर्दै ती विषयहरूको समाधानका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको उल्लेख गरे । 

‘सरकारको काम सृजनशील क्षेत्रलाई निर्देशन दिने वा नियन्त्रण गर्ने होइन, बरु त्यसको विकास र प्रवर्द्धनका लागि अनुकूल वातावरण निर्माण गर्नु हो’, उनले भने, ‘त्यो वातावरण ऐनमार्फत होस्, अन्य नीतिगत व्यवस्थामार्फत होस् वा सहजीकरणको विभिन्न संयन्त्रमार्फत होस, सरकार त्यसका लागि पूर्ण रूपमा तत्पर छ ।’

श्रेष्ठ सम्मानित

चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मानबाट यस वर्ष अभिनेता मदनकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । 

त्यस्तै, उत्कृष्ट चलचित्रका रुपमा ऊनको स्वीटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपकप्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रुपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन् ।
 

 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ४ : ०१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था