अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने « Khabarhub

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुम्वासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा) पाउने भएका छन् । 

बर्दिवास नगरपालिकाका १४ वटा वडामा वर्षौदेखि ऐलानी, पर्ती र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।  

नगरपालिकाले भोग प्रमाणका आधारमा सेतो निस्सा प्रदान गरेपनि जग्गाको स्थायी निस्सा (लालपुर्जा) प्रदानको अधिकार भने सङ्घीय निकायअन्तर्गत नै रहने कानुनी व्यवस्था छ । 

आगामी आर्थिक वर्षभित्रै अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई जग्गा र सेतो पुर्जा उपलब्ध गराउने बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए । 

बर्दिवास नगरक्षेत्रका १४ वटै वडामा अव्यवस्थित बसोबासी र सुकुम्वासीको बसोबास छ । जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी बर्दिवास नगरपालिकाको  १४ नं वडामा  ६० भन्दा बढी सुकुम्वासी बस्ती छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधान अनुसूची–८ ले स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी प्रदान गरेको अधिकार क्षेत्रमा रही नगरपालिकाले सेतो निस्सा वितरण गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।   

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ४ : ५१ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न