अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने « Khabarhub

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुम्वासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा) पाउने भएका छन् । 

बर्दिवास नगरपालिकाका १४ वटा वडामा वर्षौदेखि ऐलानी, पर्ती र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।  

नगरपालिकाले भोग प्रमाणका आधारमा सेतो निस्सा प्रदान गरेपनि जग्गाको स्थायी निस्सा (लालपुर्जा) प्रदानको अधिकार भने सङ्घीय निकायअन्तर्गत नै रहने कानुनी व्यवस्था छ । 

आगामी आर्थिक वर्षभित्रै अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई जग्गा र सेतो पुर्जा उपलब्ध गराउने बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए । 

बर्दिवास नगरक्षेत्रका १४ वटै वडामा अव्यवस्थित बसोबासी र सुकुम्वासीको बसोबास छ । जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी बर्दिवास नगरपालिकाको  १४ नं वडामा  ६० भन्दा बढी सुकुम्वासी बस्ती छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधान अनुसूची–८ ले स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी प्रदान गरेको अधिकार क्षेत्रमा रही नगरपालिकाले सेतो निस्सा वितरण गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।   

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ४ : ५१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर