ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा « Khabarhub

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ ।

अधिकारी क्षेत्रीको कुलदेवता थानको परिसरमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोटमा झण्डा राखिएको हो । 

नगरप्रमुख आनन्दराज त्रिपाठी र वडाध्यक्ष बेलबहादुर अधिकारीले संयुक्त रुपमा झण्डा स्तम्भको उद्घाटन गरे । नेपालकै गौरव र गाथाहरुले भरिपूर्ण मनोहर प्राकृतिक वरदानले सजिएको ऐतिहासिकस्थलका रूपमा कोट थुम्का परिचित छ ।

राष्ट्रिय झण्डा स्तम्भ स्थापनापछि थप आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा कोट थुम्काको विकास हुने अपेक्षा गरिएको नगरप्रमुख त्रिपाठीले बताए । 

मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोट थुम्का पर्यटकीय दृष्टिकोणले गन्तव्य बन्दै गएका कारण यहाँको कृषि क्षेत्रमा थप सहयोग पुग्ने बताए ।   

त्यस क्षेत्रको विकासका सन्दर्भमा थप २०० वटा लालीगुराँसको बिरुवा रोप्ने लक्ष्यसमेत राखिएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ०४ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ