ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा « Khabarhub

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ ।

अधिकारी क्षेत्रीको कुलदेवता थानको परिसरमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोटमा झण्डा राखिएको हो । 

नगरप्रमुख आनन्दराज त्रिपाठी र वडाध्यक्ष बेलबहादुर अधिकारीले संयुक्त रुपमा झण्डा स्तम्भको उद्घाटन गरे । नेपालकै गौरव र गाथाहरुले भरिपूर्ण मनोहर प्राकृतिक वरदानले सजिएको ऐतिहासिकस्थलका रूपमा कोट थुम्का परिचित छ ।

राष्ट्रिय झण्डा स्तम्भ स्थापनापछि थप आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा कोट थुम्काको विकास हुने अपेक्षा गरिएको नगरप्रमुख त्रिपाठीले बताए । 

मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोट थुम्का पर्यटकीय दृष्टिकोणले गन्तव्य बन्दै गएका कारण यहाँको कृषि क्षेत्रमा थप सहयोग पुग्ने बताए ।   

त्यस क्षेत्रको विकासका सन्दर्भमा थप २०० वटा लालीगुराँसको बिरुवा रोप्ने लक्ष्यसमेत राखिएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ०४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर