जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल « Khabarhub

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोधेको प्रश्नमा उनले किसान र जग्गासम्बन्धी समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको बताइन् ।

‘किसानको हकहित संरक्षण गर्न भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले मोहीयानी हकको व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ’, मन्त्री रावलले भनिन् । 

उनका अनुसार जमिनमा रहेको द्वैध स्वामित्व अन्त्य गर्न भूमि सम्बन्धी ऐन २०२१ ले निर्धारण बमोजिम जग्गाधनी वा मोही कसैले पनि बाँडफाँडका लागि निवेदन नदिएमा दुवै जनाको नाममा संयुक्त जग्गा धनी कायम हुने गरी मोहीको लगतकट्टा गरिनेछ ।

निजहरूको माग गरेका बखत उक्त संयुक्त नाममा रहेको जग्गा आधाआधा बाँडफँट गरी दिने व्यवस्था रहेकोसमेत उनले जानकारी गराइन् ।

यससम्बन्धी कतिपय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि मन्त्री रावलले कामको थालनी भइसकेको बताइन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ०५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर