जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल « Khabarhub

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनकुमार सुनारले मोहियानी हकका बारेमा र किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा सोधेको प्रश्नमा उनले किसान र जग्गासम्बन्धी समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको बताइन् ।

‘किसानको हकहित संरक्षण गर्न भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले मोहीयानी हकको व्यवस्था गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ’, मन्त्री रावलले भनिन् । 

उनका अनुसार जमिनमा रहेको द्वैध स्वामित्व अन्त्य गर्न भूमि सम्बन्धी ऐन २०२१ ले निर्धारण बमोजिम जग्गाधनी वा मोही कसैले पनि बाँडफाँडका लागि निवेदन नदिएमा दुवै जनाको नाममा संयुक्त जग्गा धनी कायम हुने गरी मोहीको लगतकट्टा गरिनेछ ।

निजहरूको माग गरेका बखत उक्त संयुक्त नाममा रहेको जग्गा आधाआधा बाँडफँट गरी दिने व्यवस्था रहेकोसमेत उनले जानकारी गराइन् ।

यससम्बन्धी कतिपय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि मन्त्री रावलले कामको थालनी भइसकेको बताइन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था