रन्जुले गरिन् पदाधिकारीमा दाबी  « Khabarhub

रन्जुले गरिन् पदाधिकारीमा दाबी 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी छन् । पार्टीको पहिलो महाधिवेशनमा दर्शनाले पदाधिकारीमा दाबी गरेको कुरा संसद् सचिवालय बाहिर पत्रकारहरूसँग जानकारी गराइन् । 

यस अगाडि उनलाई पार्टीले पदाधिकारीमा उठ्नु भन्दा पनि उनले आनाकानी गरेकी थिइन् । तर विवेकशील साझाबाट आएकी पार्टी अध्यक्ष समीक्षा बास्कोटा पदाधिकारीमा नआउने भएपछि त्यस बेलाकी महामन्त्री रन्जुलाई पदाधिकारीमा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ । 

रन्जुलाई पदाधिकारीमा ल्याउँदा सहमहामन्त्री या सहप्रवक्ताको जिम्मेवारी दिइने तयारी पार्टीले गरेको स्रोत बताउँछ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको कोषाध्यक्ष लिमा अधिकारीलाई उपसभापति बनाएको खण्डमा रन्जु सहममन्त्री या कोषाध्यक्ष बन्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि रञ्जुलाई पदाधिकारीमा ल्याउन सकारात्मक देखिन्छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : १६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर