‘हेल्लो पूर्वाधार’ सेवा सुरु « Khabarhub

‘हेल्लो पूर्वाधार’ सेवा सुरु


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । जनताका दैनिक जीवनसँग जोडिएका आधारभूत पूर्वाधारका समस्यालाई छिटोछरितो ढङ्गले समाधान गर्न मन्त्रालयले यो नयाँ कार्यक्रमको थालनी गरेको हो ।

यस सेवाअन्तर्गत नागरिकले आफ्नो क्षेत्रमा रहेका सडक, पुल, खानेपानी लगायतका पूर्वाधारसँग सम्बन्धित विभिन्न समस्या तथा गुनासाहरू सीधै मन्त्रालयमा दर्ता गराउन सक्नेछन् । मन्त्रालयले नागरिकको सहजताका लागि टोल फ्रि नम्बरको व्यवस्था गरेको छ, जसको प्रयोग गरी कार्यालय समयभित्र सिधै फोन गरेर आफ्ना समस्या टिपाउन सकिनेछ ।

कार्यालय समय बाहेक पनि अन्य माध्यमबाट २४ सै घण्टा गुनासो दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘तपाईको सरकार, तपाईकै सेवामा’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो कार्यक्रमले सरकारी सेवालाई नागरिकमैत्री बनाउने र पूर्वाधार निर्माण तथा मर्मतसम्भारमा देखिने ढिलासुस्तीलाई कम गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ३९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ