‘हेल्लो पूर्वाधार’ सेवा सुरु « Khabarhub

‘हेल्लो पूर्वाधार’ सेवा सुरु


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । जनताका दैनिक जीवनसँग जोडिएका आधारभूत पूर्वाधारका समस्यालाई छिटोछरितो ढङ्गले समाधान गर्न मन्त्रालयले यो नयाँ कार्यक्रमको थालनी गरेको हो ।

यस सेवाअन्तर्गत नागरिकले आफ्नो क्षेत्रमा रहेका सडक, पुल, खानेपानी लगायतका पूर्वाधारसँग सम्बन्धित विभिन्न समस्या तथा गुनासाहरू सीधै मन्त्रालयमा दर्ता गराउन सक्नेछन् । मन्त्रालयले नागरिकको सहजताका लागि टोल फ्रि नम्बरको व्यवस्था गरेको छ, जसको प्रयोग गरी कार्यालय समयभित्र सिधै फोन गरेर आफ्ना समस्या टिपाउन सकिनेछ ।

कार्यालय समय बाहेक पनि अन्य माध्यमबाट २४ सै घण्टा गुनासो दर्ता गर्न मिल्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘तपाईको सरकार, तपाईकै सेवामा’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो कार्यक्रमले सरकारी सेवालाई नागरिकमैत्री बनाउने र पूर्वाधार निर्माण तथा मर्मतसम्भारमा देखिने ढिलासुस्तीलाई कम गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ३९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर