रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो « Khabarhub

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदमा अत्यधिक अहंकार देखिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मिश्रले रास्वपाका कतिपय सांसदहरू ‘बालेन शाहको लोकप्रियताको बलमा संसद्मा पुगेको’ दाबी गर्दै अनावश्यक घमण्ड नगर्न सुझाव दिएका हुन्।

उनले रास्वपाका एक सांसदले आफूलाई नभई बालेनलाई बधाई दिन आग्रह गरेको प्रसंग उल्लेख गर्दै त्यसलाई विनम्रताको उदाहरण भनेका छन्। तर अर्का एक सांसदले आफू ‘जनताको मन जितेर आएको’ बताएको प्रसंगलाई उनले अहंकारको रूपमा व्याख्या गरेका छन्।

मिश्रले पहिलो चरित्रमा विनयशीलता देखिएको तर दोस्रो प्रकारको व्यवहार बढी देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्ति राम्रो नभएको बताएका छन्।

‘देख्दा, हेर्दा र सुन्दा जिउ नै गह्रौँ भएर यति लेखेँ। अहंकारीहरूलाई फाइदै होला,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ३६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी