रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो « Khabarhub

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदमा अत्यधिक अहंकार देखिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मिश्रले रास्वपाका कतिपय सांसदहरू ‘बालेन शाहको लोकप्रियताको बलमा संसद्मा पुगेको’ दाबी गर्दै अनावश्यक घमण्ड नगर्न सुझाव दिएका हुन्।

उनले रास्वपाका एक सांसदले आफूलाई नभई बालेनलाई बधाई दिन आग्रह गरेको प्रसंग उल्लेख गर्दै त्यसलाई विनम्रताको उदाहरण भनेका छन्। तर अर्का एक सांसदले आफू ‘जनताको मन जितेर आएको’ बताएको प्रसंगलाई उनले अहंकारको रूपमा व्याख्या गरेका छन्।

मिश्रले पहिलो चरित्रमा विनयशीलता देखिएको तर दोस्रो प्रकारको व्यवहार बढी देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्ति राम्रो नभएको बताएका छन्।

‘देख्दा, हेर्दा र सुन्दा जिउ नै गह्रौँ भएर यति लेखेँ। अहंकारीहरूलाई फाइदै होला,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ३६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर