चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू) « Khabarhub

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी चितवनमा तीव्र पारिएको छ । भरतपुर महानगरपालिका १० स्थित गेष्ट हाउस चौरमा आगामी ७ गते हुने खुल्ला सत्रका लागि धमाधम काम भइरहेको छ । 

रास्वपा चितवनका जिल्ला सभापति मिनी माधव खनालका अनुसार  अहिलेको वर्षातको मौसमलाई विचार गरेर घाम र पानी दुवैबाट बचाउन मैदानमा विशेष प्रविधिको प्रयोग गरिएको छ ।

‘यो बर्खाको समय भएकाले घाम–पानीबाट सहभागीहरूलाई जोगाउन हामीले जर्मन प्रविधिको २५ फिट अग्लो ह्याङ्गर (शेडिङ) हाल्ने काम गरिरहेका छौँ,’ सभापति  खनालले भने, ‘मैदानको शेडिङको काम लगभग सकिन लागेको छ र अब स्टेज निर्माण तथा साउन्ड सिस्टम जडानको काम सुरु हुनेछ । समग्रमा खुल्ला सत्रको तयारी अन्तिम चरणमा पुगेको छ ।’

३५ सय प्रतिनिधि आउने, ४०–५० हजारको सहभागिता रहने अनुमान

ऐतिहासिक महाधिवेशन भएकाले देशैभरिबाट करिब ३,५०० प्रतिनिधिहरू चितवन आउने खनालले जानकारी दिए । त्यस्तै, खुल्ला सत्रका लागि चितवन र वरपरका जिल्लाहरूबाट समेत गरी ४० देखि ५० हजार सर्वसाधारण तथा शुभचिन्तकहरू सहभागी हुने पार्टीको अपेक्षा छ ।

सुरक्षा र आवासको बलियो व्यवस्था

महाधिवेशनको सुरक्षा र व्यवस्थापनका लागि जिल्लाका सुरक्षा निकायहरूसँग पूर्ण समन्वय भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवन र सीडीओ कार्यालयसँग मिलेर एक हप्ता अघिदेखि नै सुरक्षा योजना बनाई बैठकहरू भइरहेका उनले जानकारी दिए ।

आउने अतिथि तथा प्रतिनिधिहरूको आवासका लागि चितवनका होटल व्यवसायीहरूसँग समन्वय गरिएको छ ।

‘हामीले चितवनका १५० भन्दा बढी होटलहरूको नाम आन्तरिक रूपमा सार्वजनिक गरिसकेका छौँ र साथीहरूले होटल बुकिङ गरिरहनुभएको छ’ खनालले भने, ‘होटल व्यवसायी संघसँगको छलफलपछि होटलका कोठाहरूमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सौराहा र रत्ननगरका होटलहरूले पनि राम्रो प्याकेज दिएका छन् ।’

बन्द सत्र उद्योग संघको हलमा, क्याटरिङको व्यवस्था

खुल्ला सत्र सकिएपछि हुने बन्द सत्रको लागि खुल्ला सत्र स्थलबाट २०० मिटर पूर्वमा रहेको चितवन उद्योग संघको हल तय गरिएको छ । त्यहाँ अहिले सरसफाइ, इन्टरनेट जडान लगायतका प्राविधिक कामहरू भइरहेका छन् । बन्द सत्रका सहभागीहरूका लागि उद्योग संघकै परिसरमा क्याटरिङ मार्फत खानाको व्यवस्था मिलाइएको छ ।

चितवनमा हुन लागेको यो ऐतिहासिक महाधिवेशनले यहाँको होटल व्यवसाय, पर्यटन र समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग पुग्ने विश्वास जिल्ला सभापति खनालले व्यक्त गरे ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ११ बजे

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस