धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताए । 

उनका अनुसार सहकारी सम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न र बचत तथा ऋण सहकारीको नियमन तथा सुपरिवेक्षणसम्बन्धी छुट्टै कानुन निर्माणका लागि विधेयक तर्जुमाको सिद्धान्त पनि स्वीकृत गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय सेवा दल सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न सरकारलाई स्वीकृति प्रदान गरिएको मन्त्री तिमिल्सिनाले बताए ।

मन्त्रिपरिषद्ले संघीय संसदमा चारवटा प्रतिस्थापन विधेयक पेश गर्न समेत स्वीकृति दिएको छ । ती विधेयकमा सहकारी ऐन, २०७४, सार्वजनिक खरीद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐन संशोधनका प्रस्ताव समावेश छन् ।

सरकारले यी निर्णयमार्फत सहकारी क्षेत्रको सुधार, वित्तीय अनुशासन सुदृढीकरण, सार्वजनिक खरिद प्रणालीको परिमार्जन तथा विभिन्न कानुनलाई समयानुकूल बनाउने तयारी अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ४९ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना