बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते « Khabarhub

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ करिब ५ः४० बजे दशरथचन्द नगरपालिका–४ स्थित साईलकमा अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेको थियो।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

बसमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको भए पनि कविराज भट्टको अवस्था मध्यम रहेको बताइएको छ।

घाइते हुनेहरूमा लक्ष्मी ऐरी (२७), हेम विक्रम जोशी (९८), पूर्ण देवी जोशी (६०), पूजा कार्की (२१), ललिता लावड (२०), विजय सिंह थापा, जानकी लावड (३२), लक्ष्मी साउद (३०), कर्ण देव भट्ट (५२) र कविराज भट्ट (३५) रहेका छन्।

प्रहरीका अनुसार बस चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महरालाई नियन्त्रणमा लिइएको छ। उनी सकुशल रहेका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : ४१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ