बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते « Khabarhub

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोही नगरपालिका– ६ बस्ने ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमा नै मृत्यु भएको हो ।

शुक्रबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

बसमा चालकसहित १२ जना सवार थिए । सो गाडीका चालक केशवसिंह महरालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरको कमाण्डमा तथा अस्थायी मनसुन प्रतिकार्य वेश छेला बैतडीको साथै नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो ।

घाइते भएकाहरूमध्ये पाँचजनाको अवस्था भने गम्भीर छ । घाइते भएकाहरूलाई उद्धारपश्चात उपचारको लागि जिल्ला अस्पताल बैतडीतर्फ पठाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ४३ बजे

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका

मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट