बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते « Khabarhub

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोही नगरपालिका– ६ बस्ने ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमा नै मृत्यु भएको हो ।

शुक्रबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

बसमा चालकसहित १२ जना सवार थिए । सो गाडीका चालक केशवसिंह महरालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरको कमाण्डमा तथा अस्थायी मनसुन प्रतिकार्य वेश छेला बैतडीको साथै नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो ।

घाइते भएकाहरूमध्ये पाँचजनाको अवस्था भने गम्भीर छ । घाइते भएकाहरूलाई उद्धारपश्चात उपचारको लागि जिल्ला अस्पताल बैतडीतर्फ पठाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ४३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर