किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति « Khabarhub

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १ः३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट किभका पाँचवटा जिल्लामा आगलागी भएको थियो । आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारीसाधनमा क्षति पुगेको छ ।

उद्धारकर्मीले स्भियातोसिन्स्की जिल्लामा आगलागी भएको एक निजी घरबाट चार जनाको उद्धार गरेका थिए भने शेभचेन्किभ्स्की जिल्लामा आगलागी भएको तीनतले भवनबाट बासिन्दालाई सुरक्षित स्थानमा पुर्‍याएका थिए । 

गैरआवासीय भवनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ एक जनाको शव फेला परेको थियो ।

दमकलकर्मीले सोलोम्यान्स्की, देस्नियान्स्की र निप्रो जिल्लामा लागेको आगो पनि नियन्त्रणमा लिएका थिए ।

यसैबीच, रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रभावकारी मानिएको अमेरिकी निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको अभाव युक्रेनले सामना गरिरहेका बेला रुसले पछिल्ला सातामा किभमाथि ठूला आक्रमण तीव्र पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादनका लागि अनुमति दिन तयार रहेको बताएका छन् । यसले रुसी क्षेप्यास्त्र आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता बढाउन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, यससम्बन्धी कार्यान्वयन प्रक्रिया र समयसीमा भने स्पष्ट भइसकेको छैन । रासस
 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १२ : ४७ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या