इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प « Khabarhub

इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा आइतबार ५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केहीबेरपछि ४ म्याग्निच्युडको परकम्प पनि महसुस गरिएको छ।

तेहरान विश्वविद्यालयको भूकम्प विज्ञान केन्द्रका अनुसार सलन्द क्षेत्रमा आएको मुख्य भूकम्प १२ किलोमिटर गहिराइमा केन्द्रित थियो भने परकम्प ८ किलोमिटर गहिराइमा रेकर्ड गरिएको हो।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पनि भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेको छ। हालसम्म भूकम्पबाट ठूलो क्षति वा मानवीय हताहती भएको आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

साना भूकम्पले पनि ठूलो क्षति

इरानको करिब ९० प्रतिशत भूभाग भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ। देशका धेरै सहर सक्रिय भ्रंशरेखा (फोल्ट लाइन) नजिक रहेकाले सानो म्याग्निच्युडका भूकम्पका धक्का पनि तीव्र रूपमा महसुस हुने गर्छन्।

यसका साथै धेरै स्थानमा पुराना र कमजोर संरचनाका भवन भएकाले सामान्य भूकम्पले पनि ठूलो क्षति पुर्‍याउने जोखिम रहन्छ।

सन् २००३ मा इरानको बाम क्षेत्रमा आएको ६.६ म्याग्निच्युडको विनाशकारी भूकम्पमा २६ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  २ : ११ बजे

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना