रास्वपा नेता-कार्यकर्तालाई ज्ञानेन्द्रको चुनौती- चरित्र हत्या गर्दै नहिँड, संसद्‌मा उठाएका प्रश्नको जवाफ देऊ « Khabarhub

रास्वपा नेता-कार्यकर्तालाई ज्ञानेन्द्रको चुनौती- चरित्र हत्या गर्दै नहिँड, संसद्‌मा उठाएका प्रश्नको जवाफ देऊ


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र गृह प्रशासनमाथि निशाना साँधेका छन् । आफूले संसद् बैठकमा उठाएका विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रमण गरिएपछि प्रतिवादमा उत्रिउका उनले रास्वपा नेता-कार्यकर्ताहरूलाई कडा चुनौती दिएका हुन् ।

हाल जापान भ्रमणमा रहेका उनले संसद् बैठकमा आफूले उठाएका प्रश्नहरूको सामना गर्न चुनौती दिएका हुन्।

शाहीले टिकटक लाइभमार्फत् सम्बोधन गर्दै ओसाकामा आफूमाथि भौतिक आक्रमण भएको भनी सामाजिक सञ्जालमा भ्रम फैल्याइएको पनि बताए ।

रास्वपा कार्यकर्ताहरूले फैल्याएको अफवाहलाई पूर्ण रूपमा झुटो भन्दै उनले आक्रोश पोखेका हुन् । रास्वपाका कार्यकर्ताहरूले आफ्नो बद्‌नाम गराउन यस्तो भ्रमपूर्ण प्रचार गरेको उनले बताएका छन् ।

संसद्‌मा आफूले उठाएका जनजीविकासम्बन्धी मुद्दाहरूको तथ्यपरक जवाफ दिन नसकेपछि आफ्नो चरित्रहत्या गर्न रास्वपा उत्रिएको उनलले बताए ।

‘सहकारी ठग्ने र जेलबाट भाग्नेहरू मर्यादापालक हुने, अनि त्यसको विरोध गर्नेचाहिँ असभ्य हुने ?’, उनले सोधे ।

आफू कसैको निगाहमा नभई जनताको प्रत्यक्ष मतबाट निर्वाचित भएको बताउँदै उनले रास्वपाको नेतृत्वलाई पनि प्रहार गरे ।

शाहीले गृह प्रशासनको नेतृत्व गरिरहेका सुधन गुरुङ र व्यापारी दीपक भट्टबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठाए । उनले यस विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग दोहोर्‍याए।

वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनुको साटो आफैँलाई सफाइ दिँदै हिँडिरहेको पनि उनले बताए ।

जापानको ओसाकामा आफूमाथि कुनै आक्रमण नभएको पनि उनले बताए । ‘तिमीहरूका सांसद खगेन्द्र विकसँग छाती ठोकेर कुरा गरेको छु । तर, त्यही भेटलाई बङ्ग्याएर आक्रमणको झुटो कथा बुनियो’, उनले भने।

टिकटक लाइभमा आक्रामक देखिएका शाहीले रास्वपाका समर्थकहरूले संसद्‌को मूल विषयबाट ध्यान मोड्न सामाजिक सञ्जालमा प्रोपगान्डा चलाएको आरोप लगाए।

उनले सरकार र रास्वपालाई फेसबुक र टिकटकमा अफवाह फैलाएर राजनीतिक प्रतिवाद गर्नुको साटो संसद्‌मा उभिएर तथ्यसहित जवाफ दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ३ : ५८ बजे

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौं – यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल

यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा

मनसुनजन्य विपद् बढेपछि कर्मचारीहरूलाई कार्यालय नछाड्न सरकारको निर्देशन

काठमाडौं – देशभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य