अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता « Khabarhub

अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काबुल– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा पाँच अफगान नागरिकको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार, उनीहरू सीमा पार गर्ने क्रममा मरुभूमिमा अलपत्र परेका थिए ।

सुरक्षाकर्मीले निमरोज प्रान्तको मरुभूमिबाट पाँच जनाको शव फेला पारेका हुन् । उनीहरू इरान प्रवेश गर्ने उद्देश्यले हेल्मन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरुभूमि क्षेत्र हुँदै अघि बढेको १९ जनाको समूहमा रहेका थिए ।

स्थानीय अधिकारीका अनुसार उक्त समूह मरुभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ । अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।

बेपत्ता रहेका १४ जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन् । उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् । रासस

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : ५६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने