माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो « Khabarhub

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन् । ज्वरो आएर घरमै आराम गर्नुपरेपछि सम्भावित प्रदेश सरकारबारेको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल रोकिएको छ।

श्रीलंका भ्रमणपछि फर्किएका संयोजक प्रचण्डले आइतबार नेपाललाई भेटेर प्रदेश सरकारको सत्ता सहकार्यबारे साझा धारणा बनाउने तयारी थियो ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाल बिरामी भएपछि उनीहरूको भेटघाट स्थगित गरिएको हो।

प्रचण्ड र माधव नेपाल भेटेपछि मात्रै प्रदेश सरकारको विषयमा थप निर्णयका लागि नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल गर्ने तयारी थियो ।

प्रचण्ड-माधव भेटवार्ता स्थगित भएपछि गगनसँगको वार्ता धकेलिएको हो । यी दुई नेताबीच सोमबार छलफल हुने बताइएको छ। प्रचण्ड र माधवबीच वार्ता भएपछि मात्रै गगनसँग सम्भावित सत्ता साझेदारीबारे कुरा हुने आचार्य बताउँछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ५४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार