आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६ अगष्ट २० तारिख। साउन शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। कुरा काट्नेहरु बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्धमा मनमुटाव हुनेछ।

वृष : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। आजको दिन गोपनीयता कायम गर्नु उचित हुनेछ। राजनीतिमा घेराबन्दी हुनेछ ।

मिथुन : जोगिएर काम गर्नुपर्ने दिन छ । दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ।

कर्कट : दिन राम्रो छ। श्रमको फल अरुले लिन सक्छन्। स्वास्थ्य र शिक्षामा अघि बढ्नुहोला। स्वदेशीभन्दा विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्नेछन्। तपाईंको प्रशंसा गर्नेहरु थपिनेछन्। परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज गरेको लगानीले आम्दानी बढाउनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्दुहरुसँग भने सचेत भएर काम गर्नुहोला।

वृश्चिक : बोलीमा सरस्वतीको बास छ । सोचेका काम बन्नेछन् । शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या देखिने छ।

मकर : दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

कुम्भ : दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

मीन : दिन सामान्य छ। मनमा खटपटी बढ्नेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या आउन सक्छ। आजको दिन थोरै मात्र बोल्नु उचित हुनेछ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ५ : १३ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली