इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित « Khabarhub

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा करिब ४० हजार प्यालेस्टिनीलाई घरबाहिर निस्कन रोक लगाइएपछि उनीहरूको दैनिक आवश्यकता र अत्यावश्यक सेवामा पहुँच प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार हेब्रोन प्रान्तको अध धाहिरियामा सडक अवरुद्ध गर्नुका साथै भवनका छतमा स्नाइपर तैनाथ गरिएको थियो ।

करिब सात प्यालेस्टिनी घरलाई सोधपुछ केन्द्रका रूपमा प्रयोग गरिएको र धेरैलाई पक्राउ गरिएको रिपोर्टसमेत प्राप्त भएको कार्यालयले जनाएको छ । कफ्र्यूका कारण स्थानीय बासिन्दाले खाद्यान्न तथा अन्य आवश्यक सामग्री जुटाउन, सेवा लिन र काममा जानसमेत नसकेको ओसीएचएले बताएको छ ।

कार्यालयले सुरक्षा कारबाही सञ्चालन गर्दा नागरिकको सुरक्षा, मर्यादा र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेको छ । यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अधिकृत वेस्ट ब्याङ्कमा नयाँ इजरायली बस्ती चौकी स्थापना भइरहेको रिपोर्टप्रति गम्भीर रूपमा चिन्तित रहेको उनका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

उनले इजरायललाई यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । गाजामा पनि इजरायली सैन्य गतिविधि जारी रहेको ओसीएचएले जनाएको छ । प्रारम्भिक विवरणअनुसार मङ्गलबार गाजा सहरको बन्दरगाहमा भएको हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको थियो । घटनाले नागरिकको सुरक्षा तथा स्वास्थ्य र मानवीय सहायता प्राप्त गर्ने पहुँचमा थप जोखिम सिर्जना गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ४ : ५७ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने