दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद « Khabarhub

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । 

समाजमा हुने अवाञ्छित गतिविधि रोक्न, सम्भावित हुनसक्ने मानवीय क्षति कम गर्न र जङ्गली जनावरको अवैध चोरी–सिकारीमा प्रयोग हुनसक्ने अवैध हतियार बरामद अभियानलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए । 

सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा बरामद गर्नुका साथै यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।                                            

प्रहरीले बङ्गलाचुली गाउँपालिकाबाट १४ नाल, लमही नगरपालिकाबाट १३ नाल, तुलसीपुर उपमहानगरपालिकाबाट पाँच नाल, बबई गाउँपालिकाबाट दुई नाल, शान्तिनगर गाँउपालिका तथा घोराही उपमहानगरपालिकाबाट एक-एक नाल भरुवा बन्दुक बरामद गरेको हो । 

प्रहरीले साउन महिनामा मात्रै ९० नाल भरुवा बन्दुक बरामद गरेको थियो । प्रहरीले अवैध हतियार बरामद गर्ने अभियान चलाएपछि घरमा राखेका सबैले वनक्षेत्रमा हतियार लुकाउने गरेको पाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : १५ बजे

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद

घोराही– दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा