गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का « Khabarhub

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

'पुनरावलोकन मुद्दा विचाराधीन छँदै महाधिवेशन गर्नु कानुनी र नैतिक रूपमा गलत'


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा सुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा आफ्नो कुनै पनि किसिमको सहभागिता नरहने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपसभापति खड्काले थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक हुने दाबी गरेका हुन्।

विशेष महाधिवेशन, त्यसबाट निर्वाचित सभापति र कार्यसमिति विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगका स्थापित नजिरविपरीत रहेको दाबी गर्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू प्रक्रियाबाट बाहिरै रहेको उनले बताएका छन्। यसअघि पनि थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु अनैतिक हुने ठानेरै आफूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिएको खड्काको भनाइ छ।

सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसलामा त्रुटि रहेको भन्दै पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको र उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा अर्को पक्षले महाधिवेशन सुरु गरेको खड्काको तर्क छ। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्चले रोक लगाउन अस्वीकार गरेपछि नेपाली कांग्रेसका नाममा दुईवटा महाधिवेशन हुने परिस्थिति सिर्जना भएको उनले उल्लेख गरेका छन्।

“अब कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,” खड्काले भनेका छन्, “ऐतिहासिक पार्टी विभाजन भएमा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रमै भयानक दुष्परिणाम पर्न सक्छ।”

पार्टी विभाजन रोक्न अन्तिम प्रयास भइरहेको उल्लेख गर्दै खड्काले सर्वोच्च अदालतसमक्ष कांग्रेसको पुनरावलोकन मुद्दासम्बन्धी विषयलाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला सुनाउन सादर अनुरोधसमेत गरेका छन्। सर्वोच्च अदालतबाट आउने अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुने उनले प्रस्ट पारेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १० : ५८ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका