रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी « Khabarhub

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ ।

आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डस्थित क्याम्प डेभिडमा बिताइरहेको सप्ताहन्तको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन् । ह्वाइट हाउसले उनको फिर्तीको कारण भने सार्वजनिक गरेको छैन ।

शनिबार बिहान रियादमा दुई पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो । एएफपीका पत्रकारले विमानस्थलनजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्याङ्कीमा आगलागी भएको देखेका थिए ।

साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकिएको र नष्ट गरिएको जनाएको छ ।

गठबन्धनका अनुसार हुथीहरूले पश्चिमी साउदी अरबका विभिन्न सहरमा नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने प्रयास गरेका थिए । यसमा लाल सागरस्थित साउदी तेल निर्यातको महत्त्वपूर्ण केन्द्र यान्बु बन्दरगाह पनि समावेश थियो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी आक्रमणको जवाफमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी दुईवटा सैन्य कारबाही गरिएको बताएका छन् । उनका अनुसार एउटा आक्रमण रियादका संवेदनशील स्थल र अर्को यान्बुस्थित अरामकोका संरचनालाई लक्षित गरिएको थियो ।

रियादका बासिन्दालाई बिहान ३ बज्नुअघि पठाइएको सुरक्षा सूचनामा सम्भावित हवाई खतराका कारण घरभित्रै बस्न आग्रह गरिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले राजधानीका विभिन्न भागमा विस्फोटका आवाज सुनेको बताएका छन् ।

यो घटनाअघि साउदी अरबले हुथीहरूले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको आरोप लगाएको थियो । हुथीहरूले भने उक्त आरोप अस्वीकार गर्दै त्यसलाई झुटो दाबी बताएका छन् ।

सन् २०१४ मा हुथीहरूले राजधानी साना लगायतका क्षेत्र कब्जा गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ मा भएको युद्धविराम कमजोर रूपमा कायम रहे पनि जुलाईमा पुनः द्वन्द्व चर्किएको जनाइएको छ ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका अनुसार वासिङ्टनले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन सहयोग गर्ने उद्देश्यले २४ अर्ब ३० करोड डलर मूल्यका ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएको छ । रासस

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १ : १९ बजे

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली