एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल « Khabarhub

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै पनि प्रतिवेदन पेश नहुने बताएकी छिन्।

उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको कार्यदलले बनाएको प्रतिवेदन बैठकमा पेश हुँदा नेतृत्व पुनर्गठनसँग जोडिएका कुनै पनि कुरा नराख्ने उनले प्रष्ट्याएकी हुन् ।

‘एउटै प्रतिवेदन जान्छ । तीनवटा प्रतिवेदन होइन, ती केवल विषयगत मस्यौदा मात्र थिए । हिजो विभिन्न कोणबाट आएका सुझाव मस्यौदा हुन्,’ उनले भनिन्, ‘कार्यदलले एकीकृत गरेर फाइनल गरेपछि मात्र त्यो प्रतिवेदन हुन्छ । ” उनले भनिन, “आज संयोजकज्यूले मस्यौदा पेस गर्नुभयो, त्यसमा आवश्यक थपघट गरेर हामीले पारित गरेका छौँ ।’

पछिल्लो समय एमालेमा केपी शर्मा ओलीको नेतृत्व परिवर्तन हुनुपर्ने आवाज सातै प्रदेशबाट उठिरहेको छ। ओ‌लीले भने विभिन्न बहाना गरेर प्रतिवेदनलाई रोक्ने प्रयत्न गरिरहेका छन् । त्यसकै लागि उनले कार्यदलमै नरहेका नेता प्रदीप ज्ञवालीलाई तेस्रो प्रतिवेदन लेखाएका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : ४७ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका