नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन  « Khabarhub

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन आइतबार सम्पन्न गरेको छ । 

कांग्रेस वैतेश्वरले शनिबार ६ वडाको अधिवेशन सम्पन्न गरेको थियो भने,शनिवार सहमति हुन नसकेका दुई वडाहरू वैतेश्वर-३ र ८ आइतबार सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

१५औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट वडा नम्बर १ को वडा सभापति देवी बहादुर थोकर, वडा नम्बर २ सभापति सुन्दर घिसिङ,वडा नम्बर ३ मा मान ब.तामाङ, वडा नम्बर ४ मा टंक न्यौपाने ,५ मा नवराज घिमिरे, ६ मा ढाल बहादुर कार्की, वडा नम्बर ७ मा हरिस्चन्द्र रिमाल र वडा नम्बर ८ मा मान बहादुर बस्नेत सर्वसम्मत वडा सभापतिमा निर्वाचित भएका छन ।

कांग्रेस वैतेश्वरले वडाको नेतृत्वसँगै सबै वडाबाट क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत छनोट गरेको नेपाली कांग्रेस वैतेश्वरका पार्टी सभापति मनिक तामाङले जानकारी दिए ।

कांग्रेस वैतेश्वरले आउँदो पालिका अधिवेशनको लागि सोमबार पार्टी कार्यालय मैनापोखरीमा बैठक समेत आव्हान गरेको छ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ४ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र