दक्षिण अफ्रिकी पत्रकार बेपत्ता « Khabarhub

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ । उनको परिवारले एएफपीलाई यसबारे पुष्टि गर्दै बेपत्ता भएको जानकारी विभिन्न अधिकारीहरूलाई दिइएको छ । बेलायती नागरिकता पनि प्राप्त गरिसकेका माइका रेड्डी बिहीबार तोकिएको जिम्मेवारीका लागि जिबुटी गएका थिए ।

शनिबार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म उहाँ सहकर्मीहरूसँग घण्टैपिच्छे सम्पर्कमा रहेका थिए तर पछि उनीसँगको सञ्चार विच्छेद भएको पत्नी निकोल बेअड्र्सवथले बताएका छन् । “उहाँको फोन उहाँ जिबुटी पुगेको चार घण्टापछि बन्द भयो”, उनकी पत्नी बेअड्र्सवर्थले एएफपीसँग भनिन्, “म धेरै चिन्तित छु ।”

उनी आफ्ना स्थानीय सहयोगी फिक्सर कुकी महमुदसँगै बेपत्ता भएको बताइएको छ । रेड्डी ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’का अफ्रिकी समन्वयक हुन् । बेपत्ता हुनुअघि उनी राजधानीको एउटा होटलमा बुसेका थिए । “उनले चर्को गर्मीको मौसमबारे कुरा गर्दै आफ्नो अन्तिम सन्देश हिजो बिहान छोडेका थिए,” रेड्डीकी आमाले एएफपीसँग भने ।

“उनले कुनै डर व्यक्त गरेनन् । त्यसैले हामी आशा गर्दैछौँ कि यो जिबुटी सरकारको कुनै निकायले सोधपुछका लागि रोकेको हो र पछि छोडिनेछ,” उनले भने । परिवारले बताएअनुसार इन्टरपोल, बेलायती उच्च आयोग र दक्षिण अफ्रिकाको परराष्ट्र विभागसहित विभिन्न अधिकारीहरूलाई यसबारे जानकारी जारी गरिएको छ ।

‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)’ ले जिबुटी अधिकारीहरूलाई ‘तत्काल उनीहरूको अवस्था स्पष्ट गर्न र सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ। एएफपीले सम्पर्क गर्दा सरकारी अधिकारीले यस मुद्दाबारे आफूहरू अनभिज्ञ रहेको बताएका छन् भने सत्तारूढ दलका एक वरिष्ठ सदस्यले यो ‘सत्य होइन’ भने । ‘रिपोर्टरर्स विदाउट बोर्डर्स’को सन् २०२६ प्रेस स्वतन्त्रता सूचकाङ्कमा जिबुटी १८० देशमध्ये १६७ औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ६ : ४७ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी