आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति « Khabarhub

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण सङ्कलन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।

आगलागीबाट क्षति पुगेको बालआश्रमको बिहीबार महानगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले स्थलगत अवलोकन गरेका छन् ।

महानगर प्रमुख आचार्यले बालआश्रमको पुनःनिर्माण तथा आवश्यक व्यवस्थापनका लागि महानगरपालिकाबाट गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : २२ बजे

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं – श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

काठमाडौं – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन