काठमाडौं– आज हरिबोधिनी एकादशी । काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।
यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ । यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । आजका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको विधिपूर्वक दामोदरसँग विवाह गरिन्छ ।
तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ । त्यसपछि भगवान् विष्णुको प्रतीक दामोदरका रूपमा निगालो गाडेर तुलसीसँग विवाह गराउने चलन छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया