स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल « Khabarhub

स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनबारे निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ।

शुक्रबार आयोगमा भएको छलफलमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

त्यस्तै, रास्वपाका प्रवक्ता जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसमेत सहभागी छन्।

आयोगले स्थानीय तह निर्वाचनको तयारी, व्यवस्थापन र निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा दलहरूको सुझाव लिन छलफल आयोजना गरेको जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १२ : ४२ बजे

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत भएको छ ।

भोटेकोशी बाढीपीडित १४२ परिवारलाई नगद राहत

रसुवा– भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड

जुवातास खेलिरहेका २५ जना पक्राउ

काठमाडौँ- म्याग्दी र धनकुटामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २५

स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल

काठमाडौँ – स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनबारे निर्वाचन आयोगले

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीकै जस्तो हालत बनाउने चेतावनी

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको