रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता « Khabarhub

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माणमा जोड दिएकी छन् ।

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई शुक्रबार सम्बोधन गर्दै उनले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताइन्।

स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै मन्त्री मेहताले मानिसको स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने बताइन्। यी पक्षलाई सम्बोधन गर्न सके मात्रै प्रभावकारी र दिगो स्वास्थ्य प्रवर्द्धन सम्भव हुने उनको भनाइ थियो ।

उनले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण र जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताइन्।

यस्ता समस्या समाधानका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।

सङ्घीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेकाले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री मेहताले बताइन्।

सम्मेलनमा सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच र जवाफदेहितालगायत विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : ४४ बजे

एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा

काठमाडौँ – दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको नेपाली

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार

चीन र आईएमएफको ११ करोड अनुदान र ऋण स्वीकार्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर

राइजिङ स्टार्स एसिया कप- भारतसँग भिड्दै नेपाल

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ