सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा « Khabarhub

सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ शुक्रबारदेखि नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आएको छ ।

हिमाली जीवनशैली, यार्सागुम्बा संकलन र त्यससँग जोडिएको लोभ तथा संघर्षको कथामा आधारित चलचित्रलाई धीराज राजवंशीले निर्देशन गरेका हुन् । थ्रिलर तथा ड्रामा विधामा निर्माण गरिएको चलचित्रले सन् १९९० को दशकको हिमाली परिवेशलाई पर्दामा उतारेको छ ।

चलचित्रमा परिवारको जीविकोपार्जनका लागि दुःख गरेर संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्षलाई मुख्य कथावस्तु बनाइएको छ । यार्सागुम्बाको आर्थिक महत्त्वसँगै त्यसले हिमाली समुदायको जीवनमा पारेको प्रभाव र मानवीय स्वार्थलाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रको अर्को विशेषता यसको छायांकन हो । समुद्री सतहबाट करिब चार हजार ८०० मिटर उचाइमा छायांकन गरिएको चलचित्रमा रुकुम, डोल्पा, रोल्पा र मनाङका हिमाली भूगोल तथा स्थानीय जीवनशैलीलाई समेटिएको छ ।

चलचित्रमा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बू, मेनुका प्रधान, राहुल एन मुखिया र अङ्कित खड्कालगायत कलाकारको अभिनय छ । बुधबार काठमाडौँको छायाँ सेन्टरमा आयोजित प्रिमियरमा सहभागी कलाकार तथा सेलिब्रेटीले चलचित्रको कथावस्तु, अभिनय र हिमाली दृश्यको प्रशंसा गरेका थिए ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता मीनबहादुर भाम हुन् । भारतमा एए फिल्म्सले वितरण गरेको चलचित्रले नेपालमा ‘ए’ र भारतमा ‘यूए १६ प्लस’ प्रमाणपत्र पाएको छ । चलचित्रलाई जापान र मध्यपूर्वका बजारमा समेत प्रदर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण पक्षले जनाएको छ ।

सुनील थापाको अन्तिम अभिनयसँगै हिमाली भूगोल, यार्सागुम्बा र त्यसको प्राप्तिका लागि हुने संघर्षलाई मुख्य विषय बनाइएको ‘हिमालयन गोल्ड’ले नेपाली चलचित्रप्रेमीमाझ चासो बढाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : ४९ बजे

एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा

काठमाडौँ – दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको नेपाली

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार

चीन र आईएमएफको ११ करोड अनुदान र ऋण स्वीकार्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर

राइजिङ स्टार्स एसिया कप- भारतसँग भिड्दै नेपाल

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ