वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव « Khabarhub

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेको हो ।

छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनको भनाइ छ ।

छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापालगायतका नेता सहभागी थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए । तर, उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिए ।

स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : २३ बजे

यी हुन् बालेनको भारत भ्रमणमा सहभागी हुने उद्योगी 

काठमाडौँ –  प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ५२ जना निजी

धारिलो बलिङमा चम्किएका रिजन एनपीएलका सर्वाधिक विकेटकर्ता

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संकरणमा चितवन राइनोजका

हरिबोधिनी एकादशी पर्व मनाइँदै, चार नारायणमा विशेष मेला

काठमाडौँ– कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ ? क्यानप्रति दर्शक आक्रोशित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार