धारिलो बलिङमा चम्किएका रिजन एनपीएलका सर्वाधिक विकेटकर्ता « Khabarhub

धारिलो बलिङमा चम्किएका रिजन एनपीएलका सर्वाधिक विकेटकर्ता


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संकरणमा चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । टोली क्वालिफायर २ बाट बाहिरिएसँगै उनको विकेट संख्या १७ मै सीमित भए पनि प्रतियोगिताभर उनले देखाएको धारिलो बलिङ प्रदर्शन प्रभावशाली रह्यो ।

रिजनले ८ खेलका ८ इनिङ्समा कुल २७ ओभर बलिङ गर्दै १ सय ६८ रन खर्चेर १७ विकेट हात पारे । उनको बलिङ औसत ९.८८ रहँदा इकोनोमी दर ६.२२ र स्ट्राइक रेट ९.५२ रह्यो । प्रतियोगितामा उनले दुई पटक ४ विकेट लिने क्रममा ४/१६ को उत्कृष्ट बलिङ स्पेलसमेत निकाले ।

चितवनकै कमलसिंह ऐरी र सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन समान १३–१३ विकेटसहित दोस्रो स्थानमा छन् । जनकपुर बोल्ट्सका राहुल यादव र काठमान्डु गोर्खाजका जहानदाद खानले १२–१२ विकेट लिएका छन् ।

चितवनको यात्रा समाप्त भइसकेकाले अब फाइनलमा पुग्ने बलरलाई रिजनको कीर्तिमान भेट्टाउने वा उछिन्ने अवसर छ । शनिबार हुने उपाधि भिडन्तमा सुदूरपश्चिमका कुगेलेइनले ४ विकेट लिएमा रिजनसँग बराबरी गर्नेछन् भने ५ विकेट लिएमा शीर्ष स्थान कब्जा गर्नेछन् । सुदूरपश्चिमकै अमित खरेल १० विकेटसहित पछ्याइरहेका छन् ।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा निरन्तर लयमा देखिएका रिजनको यो प्रदर्शनले चितवनको बलिङ आक्रमणलाई बलियो आधार दिएको थियो । विपक्षी ब्याटरलाई सुरुआती तथा मध्य ओभरमा दबाबमा राख्ने क्षमताकै कारण उनी यो सिजन एनपीएलका सबैभन्दा सफल बलर बन्न सफल भए ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : ३७ बजे

भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको

यी हुन् बालेनको भारत भ्रमणमा सहभागी हुने उद्योगी 

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ५२ जना निजी

धारिलो बलिङमा चम्किएका रिजन एनपीएलका सर्वाधिक विकेटकर्ता

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संकरणमा चितवन राइनोजका

हरिबोधिनी एकादशी पर्व मनाइँदै, चार नारायणमा विशेष मेला

काठमाडौँ– कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा