चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो « Khabarhub

चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा यस वर्ष धान उत्पादन आठ प्रतिशतले वृद्धि भएको छ । धानखेती गरिएको क्षेत्रफल घटे पनि अनुकूल मौसम र रोगको सङ्क्रमण कम भएका कारण उत्पादन बढेको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष ५६ हेक्टर कम क्षेत्रफलमा धानखेती गरिएको छ । धानखेती हुने केही जमिनमा सुन्तला, कागती तथा तरकारीखेती विस्तार भएपछि धानखेतीको क्षेत्रफल घटेको उनले बताए।

गत वर्ष जिल्लामा २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष भने २७ हजार २६८ हेक्टरमा मात्रै धानखेती गरिएको छ ।

क्षेत्रफल घटे पनि यस वर्ष एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख ३५ हजार ५७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा ११ हजार ६७६ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

पौडेलका अनुसार यस वर्ष धानखेतीका लागि मौसम अनुकूल रहनु, रोगको सङ्क्रमण कम हुनु, किसानले समयमा मल पाउनु र धानबाली समयमै भित्र्याउन सक्नुले उत्पादन बढेको हो ।

जिल्लामा यस वर्ष सावामन्सुली, राम, सावित्री, हर्दिनाथ–५, सावासब–१, गङ्गोत्री, ताइचुङ, हर्दिनाथ–६, काशीनाथ, मक्कावाला, कुबेर, कावेरी, गोरखनाथ र एमपीआर–५०५ लगायतका धानका जात लगाइएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ३ : २१ बजे

टस जितेर नेपालले फिल्ड रोजेपछि पहिला ब्याटिङ गर्दै भारत

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स अन्तर्गत शुक्रबार भइरहेको समूह

‘सुरक्षित डिजिटल समाज निर्माणका लागि दीर्घकालीन योजना बनाउँदैछ सरकार’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गलत सूचना

चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो

चितवन- चितवनमा यस वर्ष धान उत्पादन आठ प्रतिशतले वृद्धि भएको छ

जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत

एजेन्सी– जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा

नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज, बाघको सङ्ख्या दोब्बर बढ्यो 

राँझा– सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जंगल सफारी र प्रकृतिको अनुपम