एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी « Khabarhub

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल खेलको टिकट बिक्री सुरु हुनुअगावै टिकेटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला हुने पूर्वजानकारी गराइएको भए तापनि १२ बजेर ५७ मिनेटमै प्लेटफर्ममा टिकट सकिएको विवरण देखाइएको थियो ।

केही प्रयोगकर्ताको स्क्रिनमा टिकट बिक्री सुरु हुने समय दिउँसो १ बजे नै देखाइरहेको भए पनि तोकिएको समयपछि खरिद प्रक्रिया अगाडि बढाउँदासमेत टिकट उपलब्ध नभएको दर्शकहरूको गुनासो छ । दिउँसो १ बजेर १ मिनेटमा प्रयास गर्दासमेत टिकट काट्न नसकिएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।

बिक्री सुरु नहुँदै टिकट सकिएको देखिनु र समय सुरु भएपछि पनि खरिद गर्न नपाउनुले टिकट व्यवस्थापनको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । दर्शकहरूले वास्तविक रूपमा कति टिकट बिक्रीका लागि खुला गरिएको थियो भन्ने विषयमा समेत प्रश्न गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलको टिकट पनि बिक्री सुरु भएको करिब ३० मिनेटमै सकिएको थियो भने लिग चरणका अन्य खेलहरूमा पनि प्राविधिक समस्या देखिएको भन्दै दर्शकहरूले गुनासो गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको एनपीएलको टिकट बिक्रीको जिम्मेवारी ई–सेवालाई दिएको छ ।

प्रतियोगिताको लिग चरणका खेलका लागि सामान्यतर्फ ५ सय र प्रिमियमका लागि १ हजार रुपैयाँ टिकट शुल्क तोकिएको थियो भने इलिमिनेटर र फाइनल खेलका लागि सामान्यतर्फ १ हजार तथा प्रिमियमका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

एनपीएलको तेस्रो संस्करणको फाइनल खेल शनिबार साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम तेस्रो प्रयासमा पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।

यसैबीच क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिनुको कारण स्पष्ट पारेको छ ।

क्यानका सचिव पारस खड्काले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ५ गते हुने फाइनल खेलका लागि टिकट बिक्री खुला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले (कन्करेन्ट रिक्वेस्ट) केही मिनेटमै सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएका हुन्।

क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण अत्यधिक माग धान्न नसकिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकहरूले देखाएको अपार माया, साथ र उत्साहप्रति क्यानले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

टिकट नपाउँदा दर्शकवर्गमा पर्न गएको असुविधाप्रति क्यानले क्षमायाचनासमेत गरेको छ । साथै, मैदानमा उपस्थित हुन टिकट लिन नसक्ने समर्थकहरूलाई अनलाइन तथा आधिकारिक प्लेटफर्महरूमार्फत लिगको प्रत्यक्ष प्रसारण हेरेर सहयोग गर्न क्यानले हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : १५ बजे

कोप–३१ को मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्य कार्यक्रम प्रस्ताव

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन

नागढुंगा-मुग्लिन सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द

काठमाडाैँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा

मुद्रास्फीति बढेपछि श्रीलंकाले ब्याजदर बढायो

कोलम्बो– मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी

काठमाडौं- काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम